०५ साउन २०८३, मंगलबार

१२ वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा 'शेयरिङ्ग द रोटरी स्टोरी' कार्यक्रम सम्पन्न

मंसिर १९, २०७८
१२ वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा 'शेयरिङ्ग द रोटरी स्टोरी' कार्यक्रम सम्पन्न

शेयरिङ्ग द रोटरी स्टोरी' कार्यक्रम सम्पन्न भएको छ ।

देशका बिभिन्न १२ वटा रोटरी क्लबहरू (रोटरी क्लब अफ काठमाण्डौं, रोटरी क्लब अफ काठमाण्डौं मेट्रो, रोटरी क्लब अफ बिराटनगर, रोटरी क्लब अफ बागमती काठमाण्डौं, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ काष्ठमण्डप, रोटरी क्लब अफ पाटन साउथ, रोटरी क्लब अफ त्रिपुरेश्वर, रोटरी क्लब अफ काठमाडौं मिडटाउन, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लब अफ कुपण्डोल)को संयुक्त आयोजनामा काठमाडौंमा 'शेयरिङ्ग द रोटरी स्टोरी' कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा रोटरी क्लबले देशको बिभिन्न भु–भागमा बिभिन्न  विषयमा गरेको उल्लेखनीय सामाजिक अभियानहरूको बारेमा श्रव्यदृश्य सामाग्रीको प्रस्तुती गरेको थियो साथै बाह्रैवटा रोटरी क्लबहरूले आ –आफ्नो स्टल पनि राखी त्यस मार्फत पनि आफुले गरेका सामाजिक कार्यहरूको सारांशमा प्रस्तुती गरेका थिए । जस मध्येका ३ स्टललाई उत्कृष्ट स्टल पनि घोषित गरेको थियो ।

उक्त कार्यक्रममा बिभिन्न देशका राजदूतहरू, यूनेस्कोका पदाधिकारीहरू, संयुक्त राष्ट्र संघका पदाधिकारीहरू, अन्य बैदेशिक नियोगका प्रतिनिधिहरूका साथै रोटरी क्लबका बिभिन्न व्यक्तित्वहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिती रहेको थियो । कार्यक्रमका संयोजक निभा प्रधानले रोटरी क्लबले समाजमा रहेका बिभिन्न बिषयमा सकारात्मक परिवर्तनका निमित्त गरेका यि कार्यहरू निकै सह्रानिय रहेको र निकट भविष्यमा पनि यस्ता कार्यक्रमहरू गरिने बताए। 

salt training

कमेन्ट गर्नुहोस्