
क्यान इन्फोटेकको २७ औं संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
यसअघि सो संस्करण गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी तय गरिएको थियो । पछि कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै स्थगित गरिएको थियो ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदै आएको छ ।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सम्पन्न भएको थियो ।