०५ साउन २०८३, मंगलबार

कांग्रेसको प्रदेश अधिवेशन : अझै शुरू भएन प्रदेश १ को मतगणना

मंसिर १९, २०७८
कांग्रेसको प्रदेश अधिवेशन : अझै शुरू भएन प्रदेश १ को मतगणना

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै शुरू भएको छैन ।

नेपाली कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिएपनि अझै शुरू हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा आइ नपुगेकाले मतगणना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि मतगणना शुरू गर्ने उनले बताए । 

प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा  र इतर समूहका गुरुराज घिमिरे बिच प्रतिष्पर्धा भएको छ । दुवै समूहले प्यानल सहित निर्वाचनमा होमिएका थिए । संस्थापन इतरको राम्रो पटक मानिएको प्रदेश १ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो । थापा सिटौला समूहका हुन् । 

निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान शुरू हुन ढिलाइ भएको थियो ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो ।

अर्काे मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजे पछि मात्रै शुरू भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्