०५ साउन २०८३, मंगलबार
कांग्रेस अधिवेशन

सिटौला समूहको सहयोगमा बागमती प्रदेशमा देउवा पक्षीय बानियाँ विजयी

मंसिर १९, २०७८
सिटौला समूहको सहयोगमा बागमती प्रदेशमा देउवा पक्षीय बानियाँ विजयी

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षीय इन्द्र बानियाँ विजयी भएका छन् । कृष्ण सिटौला पक्षसमेतको सहयोगमा बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।
आइतबार राति सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी पराजित भएका छन् । विजयी बानियाँले १०८५ मत ल्याए भने पराजित केसीले ९२७ मतमात्र पाए । खसेको २०२५ मतमध्ये १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कसैको पनि ५० प्रतिशत बढी मत प्राप्त नभएपछि शीर्ष दुई मत ल्याउने केसी र बानियाँबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको मतदानबाट सबैभन्दा कम मत ल्याएका भीमसेन दास प्रधान रिङ आउट भएका थिए ।  सिटौला समूहका उनले त्यसपछि बानियाँलाई समर्थन गरेका थिए ।
आइतबार दिनभर भएको मतदानपछि साँझ ७ बजेबाट मतगणना सुरु भइ पौने १० बजे नतिजा आएको हो  ।

salt training

कमेन्ट गर्नुहोस्