०६ साउन २०८३, बुधबार

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्‍यो : सचिव भट्टराई

मंसिर १९, २०७८
महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्‍यो : सचिव भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आज भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए ।

 जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे ।

उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताए । महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उनले बताए । रासस

कमेन्ट गर्नुहोस्