०८ असार २०८३, सोमबार

सामाजिक सुरक्षा कोषबाट आश्रित परिवारले पाउन थाले मासिक ४४ हजारसम्म पेन्सन

मंसिर २०, २०७८
सामाजिक सुरक्षा कोषबाट आश्रित परिवारले पाउन थाले मासिक ४४ हजारसम्म पेन्सन

सामाजिक सुरक्षा    कोषको    योगदानमा    आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा  मृत्यु  भएका  व्यक्तिका  आश्रित परिवारले  मासिक  ४४  हजार  रुपियाँसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिककोषले सामाजिक सुरक्षा   योजनामा   आबद्ध   भएर   योगदान गरिरहेका  बेलामा  विभिन्न  कारणले  मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँसम्म पेन्सन वितरण गर्दै आएको छ।
कोषका  कार्यकारी  निर्देशक  कपिल ज्ञवालीले  योगदानमा  आधारित  सामाजिक सुरक्षा  योजनामा  योगदान  गरिरहेकै  बेला विभिन्न  कारणले  मृत्यु  भएका  योगदानकर्ता आश्रित  परिवारलाई  मासिक  चार  हजारदेखि ४४  हजार  रुपियाँसम्म  पेन्सन  वितरण  गर्न सुुरु गरिसकेको जानकारी दिए । उनका   अनुसार   सामाजिक   सुरक्षा ऐनअनुसार   कोषको   योजनामा   योगदान गरिरहेकै  अवस्थामा  योगदानकर्ताको  मृत्यु भएमा  निजका  आश्रित  परिवारले  मृतक योगदानकर्ताले  प्राप्त  गर्ने  मासिक  तलबको ६०  प्रतिशत  आश्रित  परिवारलाई  पेन्सनको व्यवस्था छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्