
पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ नमूना परीक्षणमध्ये २३८ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५४३ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ३५७ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ ।
हाल मुलुकभर ६ हजार ३८६ सक्रिय संक्रमित छन् ।