०८ साउन २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

साझा उम्मेदवार तय गर्न पौडेल निवासमा संस्थापनइतरका चार नेताको छलफल

मंसिर २०, २०७८
साझा उम्मेदवार तय गर्न पौडेल निवासमा संस्थापनइतरका चार नेताको छलफल

कांग्रेसको संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेका छन् । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा सभापतिका आकांक्षीहरू छलफलमा जुटेका हुन् । 

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र प्रकाशमान सिंह छलफलमा रहेको पौडेल सचिवालयले बताएको छ । 

चारै जना नेताहरूले संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्ने दाबी गर्दै आए पनि सहमति जुट्न सकेको छैन । 

शेखर र शशांक कोइरालाले एक आपसमा सहमति गर्दा ‘ब्याक’ हुने तयारीमा रहेका पौडेल पुनः सभापतिमा उम्मेदवारीको दाबी गर्न थालेका छन् । 

शेखर र शशांकले कात्तिक अन्तिममा लगभग सहमति गरेको भए पनि संस्थापन खेमाले शशांकलाई सहमतिबाट ‘ब्याक’ गराउन सफल भएको थियो । 

सभापतिमा उम्मेदवारी दिने दाबी गरिरहेका प्रकाशमान सिंहले रामशाहपथमा प्रचार कार्यालय खोलेर आफ्नो उम्मेदवारीको प्रचारप्रसार थालेका छन् । 

कांग्रेस महाधिवेशनमा उम्मेदवारी मनोनयन गर्न जम्मा चार दिन मात्रै समय बाँकी रहँदा चार नेताहरू छलफलमा जुट्नुलाई महत्त्वका साथ हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्