×

NMB BANK
NIC ASIA

जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा शुरू गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले  एनेस्थेसिया चिकित्सकसहित अन्य दुई प्रसूति विशेषज्ञ पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनेस्थेसियोलोजिष्ट डा कौशल तामाङलाई स्वास्थ्य विभागबाट जिल्ला अस्पतालमा खटाकाले यसै हप्तादेखि सो सेवा सञ्चालन हुन लागेको जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलले बताए ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य सेवा विभागले तीन वर्षअघि नै भेन्टिलेटर सेवासहितको आइसीयू सेवा सञ्चालन गर्न रु एक करोड बजेट व्यवस्थापन गरेको थियो । दुई भेन्टिलेटर मेसिन खरिद गरेर ल्याएको भए पनि एनेस्थेसिया चिकित्सक नहुँदा दुई वर्षदेखि उक्त मेसिन अस्पतालको कोठामै थन्किएको थियो ।

Vianet communication
Laxmi Bank

पटक–पटक आफूहरूले सम्बन्धित निकायमा एनेस्थेसिया चिकित्सकको माग गर्दा बल्ल विभागले  चिकित्सक पठाएपछि विसं २०३९ मा स्थापना भएको पहिलो अस्पतालमा आइसीयू सेवा गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताए । 

अब दुई वर्षदेखि कोठामा थन्किएका करोडौँ मूल्यका दुई भेन्टिलेटर मेसिन सञ्चालन गरिने र गम्भीर प्रकृतिका बिरामीको  उपचार हुने  जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।

रु तीन लाख ५० हजार जनसङ्ख्या रहेको उदयपुरमा हालसम्म पनि भेन्टिलेटरसहितको आइसीयू सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि लाखौँ खर्चेर उपचारका लागि बाहिर धरान, विराटनगर, जनकपुर तथा काठमाडौँ जान बाध्य हुँदै आएका थिए । जिल्लामै सेवा पाउने भएपछि जिल्लावासी खुशी भएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x