×

NMB BANK
NIC ASIA

देउवाका प्रतिस्पर्धी खोजी

सभापतिको साझा उम्मेदवार खोज्दै कांग्रेस संस्थापनइतर पक्ष, चाक्सीबारीमा छलफल

मंसिर २१, २०७८

NTC
Sarbottam
तस्वीर : यूपी लामिछानेको फेसबूकबाट
Premier Steels
Marvel

पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सभापतिमा उठ्ने तयारी गरेका चार नेतासहित संस्थापन इतरका प्रभावशाली नेताहरू छलफलमा जुटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठमेल चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा शुरू भएको बैठकमा सिंहका अलावा सभापतिका आकांक्षीहरू शेखर कोइराला, रामचन्द्र पौडेल, शशांक कोइराला सहभागी छन् ।


Advertisment
Nabil box
Kumari

यसका अलावा रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, सीतादेवी यादवलगायत नेता पनि बैठकमा सहभागी छन् ।

Vianet communication
Laxmi Bank

सोमवार साँझ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा नेता पौडेल तथा महामन्त्री शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो । 

हिजो सहमति जुट्न नसकेपछि आज पुनः छलफलमा जुट्न लागेको नेता सिंहले बताए । ‘साझा उम्मेदवार बनाउन साथीहरूसँग छलफल चलिरहेको छ, हिजो कुनै सहमति नभएकाले आज फेरि छलफल हुन्छ, हाम्रो कोशिश चलिरहेको छ,’ उनले भने । 

सोमवारको बैठकमा शशांकले अहिले पनि आफू बलियो उम्मेदवार रहेको तर सहमतिका लागि बाधक नबन्ने बताएका थिए । 

शशांकले यसअघि सर्लाहीमा आयोजित एक कार्यक्रममा शेखरले अन्य नेतालाई कन्भिन्स गरेमा आफूले छाड्ने संकेत गरेका थिए । 

‘रामचन्द्र पौडेल यसअघि नै उठिसक्नु भएको हो, प्रकाशमानलाई काठमाडौं बाहिरका कार्यकर्ताले चिन्दैनन्, शेखर'दाले मलाई कन्भिन्स गरिहाल्नुहुन्छ,’ सर्लाहीको हरिवनमा कात्तिक २९ गते आयोजित कार्यक्रममा शशांकले भनेका थिए ।

त्यसपछि कात्तिक ३० गते शेखरको निवासमा डिनर मिटिङ गरेर कोइराला परिवारको तर्फबाट शेखरलाई सभापतिको उम्मेदवार बनाउने भद्र सहमति भएको थियो ।

मंसिर १ गते कोइराला परिवारका तीन सदस्य बसेर सो सहमति सार्वजनिक गर्ने तयारी भएकोमा शशांक संखुवासभा हिँडेपछि सहमति भाँडिएको थियो । 

सभापतिको बलियो उम्मेदवार भनेर दाबी गरे पनि शशांकले सभापतिमा उठ्ने कुनै तयारी नगरेको संस्थापनइतरका नेताहरू बताउँछन् ।

शेखर र प्रकाशमानले सम्पर्क कार्यालय खोलेर कार्यकर्तासँग नियमित भेटघाट गरेपनि शशांकले भने सम्पर्क कार्यालय खोलेका छैनन् । 

कांग्रेसको महाधिवेशन शुक्रवार शुरू हुँदैछ । २५ गते शनिवार उम्मेदवारी मनोनयनको कार्यक्रम रहे पनि अहिलेसम्म संस्थापन र इतर समूह कसैले प्यानल बनाउन सकेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x