०४ साउन २०८३, सोमबार

बैतडीका ९ पालिकामा माओवादी अधिवेशनबाट नयाँ नेतृत्व चयन

मंसिर २३, २०७८
बैतडीका ९ पालिकामा माओवादी अधिवेशनबाट नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्रले बैतडी जिल्लाका ९ पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।

मंसिर ११ गतेदेखि शुरू भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाका ९ पालिकामा अधिवेशन सम्पन्न गरिएको छ ।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

बाँकी रहेका पञ्चेश्वर गाउँपालिकामा बिहीवार पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ । तत्कालीन समयमा नेकपा एमालेसँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको छ । 

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले मंसिर २५ गते सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११–१३ राष्ट्रिय सम्मेलन गर्दैछ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको  संगठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्