२१ जेठ २०८३, बिहीबार

कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आईका नेताले सम्बोधन गर्ने

मंसिर २३, २०७८
कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आईका नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा छिमेकी देश भारतका मुख्य २ दलका प्रतिनिधिले सम्बोधन गर्ने भएका छन् ।

शुक्रवार हुने उद्घाटन समारोहमा सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईका प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू बिहीवार नै काठमाडौं आइपुग्दैछन् । अन्य देशका नेताहरू सहभागी नहुने भएका छन् ।

सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेसले अन्य देशका नेतालाई पनि आमन्त्रण गरेको थियो । महाधिवेशन उद्घाटन समारोहलाई कांग्रेसका पदाधिकारी र प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए ।

महाधिवेशनको उद्घाटन कार्यक्रम शुक्रवार दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्