२८ जेठ २०८३, बिहीबार

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गगनले भने: 'देखिने, सुनिने र भरोसा गर्न सकिने कांग्रेस बनाउँछौंं'

मंसिर २३, २०७८
महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गगनले भने: 'देखिने, सुनिने र भरोसा गर्न सकिने कांग्रेस बनाउँछौंं'

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसका १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै महाधिवेशनले देखिने, सुनिने र जनताले भरोसा गर्न सक्ने कांग्रेस बनाउने दाबी गरेका छन् । 

काठमाडौंको प्रज्ञा भवनमा विहिबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘जनतालाई विश्वास दिलाउन सक्ने कांग्रेस बनाउनु पर्छ । देशलाई कुनै पनि दुर्घटनाबाट जोगाउँछ । संविधानमा भएको क्षयीकरणलाई रोक्छ । निर्वाचन गराउँछ र देश सम्हाल्छ ।’ 

थापाले जनताको जीवनकोस्तर बदल्नसक्ने क्षमता कांग्रेससँग मात्रै भएको पनि बताए । 

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै थापाले भने, ‘मेरो लागि पार्टी पार्टी आस्था हो, आदर्श हो । पार्टीमा मेरो कुनै शर्तको सम्बन्ध छैन । निःशर्त सम्बन्ध छ ।’

अहिले अदालत, संवैधानिक निकायको अवस्था झन् खस्किएको तथा नागरिक विश्वास र अवस्था खस्किएकाले त्यसलाई सुधार्ने जिम्मा कांग्रेसले लिनुपर्ने उनले बताए ।

‘पाँच वर्ष प्रतिपक्ष भूमिकामा बसेर कम्युनिस्ट सरकारले गरेको कामभन्दा राम्रो काम गर्ने एजेण्डा लिएर निर्वाचनमा जान चाहन्थ्यौं । तर, केपी ओलीको अहंकारको कारण सिंगो पुस्ताले नै सजाय भोग्नुपर्ने अवस्था बनेको छ’, थापाले भने । 

अहिले राजनीतिक दलहरूले काम गर्न नसक्ने र काम गर्न सकेनौं भन्ने नाममा व्यवस्थामाथि प्रश्न उठाउने अवस्था सिर्जना भइरहेको उनले बताए । 

‘काम गर्न नसक्ने पात्र र प्रवृत्ति माथि प्रश्न उठ्नुपर्ने हो तर, व्यवस्थामाथि प्रश्न उठाउने वातावरण काम भइरहेको छ’, थापाले भने । 

कांग्रेसले २०७९ साल मंसिरभित्र सबै तहको निर्वाचन गराइसक्ने र देशको सम्पूर्ण अवस्था सम्हाल्ने जिम्मा कांग्रेसले लिने उनले बताए । 

आफू महामन्त्री भएमा यी सबै कामको लागि सशक्त कांग्रेस बनाउने उनले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्