×

NMB BANK
NIC ASIA

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गगनले भने: 'देखिने, सुनिने र भरोसा गर्न सकिने कांग्रेस बनाउँछौंं'

मंसिर २३, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसका १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै महाधिवेशनले देखिने, सुनिने र जनताले भरोसा गर्न सक्ने कांग्रेस बनाउने दाबी गरेका छन् । 

Muktinath Bank

काठमाडौंको प्रज्ञा भवनमा विहिबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘जनतालाई विश्वास दिलाउन सक्ने कांग्रेस बनाउनु पर्छ । देशलाई कुनै पनि दुर्घटनाबाट जोगाउँछ । संविधानमा भएको क्षयीकरणलाई रोक्छ । निर्वाचन गराउँछ र देश सम्हाल्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले जनताको जीवनकोस्तर बदल्नसक्ने क्षमता कांग्रेससँग मात्रै भएको पनि बताए । 


Advertisment
Nabil box
Kumari

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै थापाले भने, ‘मेरो लागि पार्टी पार्टी आस्था हो, आदर्श हो । पार्टीमा मेरो कुनै शर्तको सम्बन्ध छैन । निःशर्त सम्बन्ध छ ।’

Vianet communication

अहिले अदालत, संवैधानिक निकायको अवस्था झन् खस्किएको तथा नागरिक विश्वास र अवस्था खस्किएकाले त्यसलाई सुधार्ने जिम्मा कांग्रेसले लिनुपर्ने उनले बताए ।

‘पाँच वर्ष प्रतिपक्ष भूमिकामा बसेर कम्युनिस्ट सरकारले गरेको कामभन्दा राम्रो काम गर्ने एजेण्डा लिएर निर्वाचनमा जान चाहन्थ्यौं । तर, केपी ओलीको अहंकारको कारण सिंगो पुस्ताले नै सजाय भोग्नुपर्ने अवस्था बनेको छ’, थापाले भने । 

अहिले राजनीतिक दलहरूले काम गर्न नसक्ने र काम गर्न सकेनौं भन्ने नाममा व्यवस्थामाथि प्रश्न उठाउने अवस्था सिर्जना भइरहेको उनले बताए । 

‘काम गर्न नसक्ने पात्र र प्रवृत्ति माथि प्रश्न उठ्नुपर्ने हो तर, व्यवस्थामाथि प्रश्न उठाउने वातावरण काम भइरहेको छ’, थापाले भने । 

कांग्रेसले २०७९ साल मंसिरभित्र सबै तहको निर्वाचन गराइसक्ने र देशको सम्पूर्ण अवस्था सम्हाल्ने जिम्मा कांग्रेसले लिने उनले बताए । 

आफू महामन्त्री भएमा यी सबै कामको लागि सशक्त कांग्रेस बनाउने उनले दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x