३१ असार २०८३, बुधबार

रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स कारोबार शुरू

मंसिर २३, २०७८
रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स कारोबार शुरू

विश्वव्यापी रूपमा ख्याति प्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार शुरू भएको छ ।

अब बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका , यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत खल्ती एपबाट  सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  शन डी फील्डरले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्