२१ जेठ २०८३, बिहीबार

विराटनगरका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

मंसिर २३, २०७८
विराटनगरका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुने भएका छन् ।

मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् भने उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने भएकी छन् ।

मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा गएका थिए । मोरङ जिल्ला अधिवेशनदेखि उनी संस्थापन समूहमा लागेका हुन् । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताएकी छन् ।

मेयर र उपमेयर दुवै जना महाधिवेशनमा गएपछि १४ नम्बर वडाका वडाध्यक्ष बलदेव यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । २१ गतेदेखि कार्यबाहक मेयरको जिम्मा दिएर दुवै जना महाधिवेशनमा लागेका छन् ।

कांग्रेस महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्