२९ जेठ २०८३, शुक्रबार

नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपीडी हुने

मंसिर २४, २०७८
नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपीडी हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । 

नर्भिक अस्पतालमा कार्यरत ग्याष्ट्रोइन्टेरोलोजिष्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । 

पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूले डा. चौधरीको निःशुल्क ओपीडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । 

डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।  

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

salt training

कमेन्ट गर्नुहोस्