२६ असार २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

कांग्रेसको मञ्चमा पुगेर राजेन्द्र लिङ्देनले गरे राजसंस्थाको वकालत

मंसिर २४, २०७८
कांग्रेसको मञ्चमा पुगेर राजेन्द्र लिङ्देनले गरे राजसंस्थाको वकालत

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसको मञ्चमा पुगेर राजसंस्थाको वकालत गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै लिङ्देनले राजसंस्था पुन:स्थापनाको प्रसंग निकालेका हुन् ।

'राजसंस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री, सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ,' लिङ्देनले भने ।

उनले जनताको नजरमा नेताहरूप्रतिको विश्वास पूरै गुमेको पनि बताए ।

'सरकार सरकार जस्तो छैन, संसद संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन,' लिङ्देनले भने, 'यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।'

उनले गाउँमा नेताहरू पुग्दा जनताले कुनचाहिँ चोर आएछ भन्न थालेको बताए ।

'नेता आउँदा कुन नेता आए भन्दैनन्, कुन चोर आएछ भनेर भन्छन्,' लिङदेनले भने ।

salt training

कमेन्ट गर्नुहोस्