×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनमा जब ओली सम्बोधनका लागि दोस्रोपटक पोडियममा पुग्नुपर्‍यो ...

मंसिर २४, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार नेपाली कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दागर्दै साउन्ड सिस्टममा समस्या आएपछि बीचमै रोकिनुपरेको छ ।

Muktinath Bank

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेपछि ओलीको पालो आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्बोधनका क्रममा ओलीले प्रचण्डले कांग्रेससँग एक्लै नभई सँगसँगै हिँड्नुपर्ने प्रस्ताव गरेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसतर्फ इंगित गर्दै ओलीले ‘देश बनाउन सँगै जाने कि सरकार बनाउन’ भन्ने प्रश्न गरे ।

Vianet communication

देश बनाउने कुरामा आफूहरू सबै सँगै रहेको उनको भनाइ थियो ।

‘देश बनाउने कुरामा सँगै छौं । के हामी लोकतन्त्रका लागि लडेका छैनौं ? सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता होला ...!’ ओलीले यति भन्दै गर्दा माइक बिग्रियो ।

एकैछिन ओली पोडियममै उभिए । माइकमा लाइन नआएपछि ‘कांग्रेसलाई महाधिवेशनको शुभकामना छ, देउवाजीलाई छाडदिएँ भन्दै ओली कुर्सीमा बसेका थिए ।

त्यसपछि कांग्रेस महाधिवेशनको उद्घोषण गरिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीले विचार व्यक्त गरिरहँदा प्राविधिक समस्या आएको भन्दै पुनः सम्बोधन गर्न समय दिए । 

दोस्रोपटक पोडियममा पुगेका ओलीले एक मिनेटभन्दा बढी बोलेनन् । 

‘अरूका नीतिमा होइन, कांग्रेसले आफ्नो नीतिमा अरूलाई हिँडाउन सकोस् । प्रधानमन्त्री मात्र होइन, शेरबहादुरजी सरकारको नेता बन्नुहोस्,’ ओलीले भने । 

कांग्रेसको चौधौं महाधिवेशन भव्य सफल होस् भन्दै ओलीले मन्तव्य टुंगाए ।

शुरूमै आफ्नो मन्तव्य लामो नहुने संकेत गरेका ओलीले भनेका थिए– ‘घाम नअस्ताउँदै देउवाजीलाई छाड्छु ।’

भने अनुसार नै उनी छोटो मन्तव्य टुंग्याएर कुर्सीमा फर्किए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x