०८ असार २०८३, सोमबार

मैले के गर्ने, भोलि नै भन्छु– सिटौला

मंसिर २४, २०७८
मैले के गर्ने, भोलि नै भन्छु– सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफूले के गर्ने भन्ने कुरा भोलि मात्र भन्ने बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको मिति भोलिका लागि तोकिएको छ ।

'मलाई पत्रकारहरूले के गर्नुहुन्छ, भनेर सोध्नुभयो । मेरो कुरा भोलि नोमिनेसनको बेलामा नै भन्छु,' पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई भृकुटीमण्डपमा शुक्रवार सम्बोधन गर्दै सिटौलाले भने ।

उनले आफ्नो साथमा रहने युवासँग सधैँ साथ रहने बताए ।

'जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ । तिनीहरूको साथमा म रहिरहन्छु,' सिटौलाले भने ।

salt training

कमेन्ट गर्नुहोस्