१० साउन २०८३, आइतबार
कांग्रेस महाधिवेशन उद्घाटन समारोह

गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो– शेरबहादुर देउवा

मंसिर २४, २०७८
गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो– शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले सही निर्णय गरे आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् ।

कांग्रेसको वर्तमान सरकार रहिरहे आगामी दिनमा स्थानीय सरकार र केन्द्रीय सरकार पनि कांग्रेसले नै बनाउने दाबी गरे । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै देउवाले भविष्यमा केपी ओलीको जस्तो तानाशाही सरकार बन्न नदिने बताएका हुन् । 

‘जुन हाम्रो सरकार बन्यो, त्यो भन्दा अगाडिको दिन सम्झनुस्, कस्तो थियो ? म प्रधानमन्त्री भएको भोलिपल्ट सारा जनताले मुक्ति पाएजस्तो भयो । सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए । हामीले पाएको मुक्ति बचाउने हो कि नबचाउने हो ? यो महाधिवेशनले तय गर्छ,’ देउवाले भने । 

साँझ अबेरसम्म चलेको उद्घाटन समारोहमा संक्षिप्त मन्तव्य राख्दै देउवाले भविष्यमा तानाशाही सरकार बन्न दिने कि नदिने भन्ने विषयमा महाधिवेशनले निर्णय गर्नुपर्ने बताए । 

‘फेरि तानाशाही सरकार नआओस्, भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने । 

सभापति देउवाले कांग्रेसको महाधिवेशनमा हुने प्रतिस्पर्धाको मनोमालिन्यबाट माथि उठ्न कार्यकर्तालाई आग्रह गरे । 

‘देशभरीबाट साथीहरू कतै सर्वसम्मत र कतै प्रतिस्पर्धाबाट आउनुभएको छ । मनोमालिन्यबाट माथि उठ्नु पर्नेछ । आन्तरिक निर्वाचनले स्थानीय निर्वाचनमा र राष्ट्रिय निर्वाचनमा समस्या नआओस्,’ देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसका हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने केन्द्र सरकार पनि कांग्रेसको हुनेछ । त्यसकारण मलाई जिताइदिनुस् । डर त्रासबाट मुक्त सरकार ल्याएर छाडिन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्