३० जेठ २०८३, शनिबार
कांग्रेस महाधिवेशन

कांग्रेस निर्वाचनः कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

मंसिर २५, २०७८
कांग्रेस निर्वाचनः कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचनमा चार हजार ७४३  जना महाधिवेशन प्रतिनिधिले मतदानमा गर्न पाउनेछन् ।
नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्