२१ जेठ २०८३, बिहीबार

कांग्रेसको चुनाव : आज उम्मेदवारी दर्ता, पर्सि मतदान [निर्वाचन कार्यक्रमसहित]

मंसिर २५, २०७८
कांग्रेसको चुनाव : आज उम्मेदवारी दर्ता, पर्सि मतदान [निर्वाचन कार्यक्रमसहित]

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिवारबाट निर्वाचन प्रक्रिया शुरू हुँदैछ ।

महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिवार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतवार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

शनिवार बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान शुरू हुने कांग्रेसले जनाएको छ । 

कांग्रेसमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारी सहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खसआर्य १३, मधेशी ९, दलित ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १ अल्पसंख्यकबाट १, अपाङ्गताबाट १ सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
     
कांग्रेसको महाधिवेशन शुक्रवार एक भव्य समारोहबीच उद्घाटन भएको थियो । शुक्रवार राति नै शुरू भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्