
कांग्रेस नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
उनले एकल रूपमा गएर उम्मेदवारी दर्ता गराए पनि प्यानल भने खुलाएका छैनन् ।
डा. शेखर कोइरालाको नेतृत्वमा बनेको संस्थापन इतरको आधिकारिक प्यानलबाट आचार्य उम्मेदवार रहने चर्चा थियो ।
यद्यपि प्यानलले अन्तिम रूप भने पाइसकेको छैन ।
शेखरको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार बन्ने सम्भावना छ ।