०३ असार २०८३, बुधबार

सहमहामन्त्रीबाट केन्द्रीय सदस्यमा झरे सुनील थापा !

मंसिर २५, २०७८
सहमहामन्त्रीबाट केन्द्रीय सदस्यमा झरे सुनील थापा !

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 

राप्रपाका संस्थापक सूर्य थापाका छोरा सुनिल कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री पद पाएका थिए । शनिवार राष्ट्रिय सभागृहमा पुगेर थापाले उम्मेदवारी दर्ता गरेका हुन् । 

सभापति शेरबहादुर देउवा निकट मानिने थापा पदाधिकारीको सूचीमा पर्न नसकेपछि केन्द्रीय सदस्यमा झरेर उम्मेदवारी दिएका हुन् । 

राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्