१० साउन २०८३, आइतबार

कुनै प्यानलमा परेनन् विश्वप्रकाश, महामन्त्रीमा उम्मेदवारी दिने तयारी

मंसिर २५, २०७८
कुनै प्यानलमा परेनन् विश्वप्रकाश, महामन्त्रीमा उम्मेदवारी दिने तयारी
फाइल तस्वीर।

नेपाली कांग्रेसको महामन्त्रीमा उठ्ने भन्दै शुरूमै उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा संस्थापन र संस्थापनइतरको कुनै प्यानलमा अटाएनन् । 

संस्थापन पक्षबाट महामन्त्री बन्न प्रयास गरे पनि सभापति शेरबहादुर देउवाले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउन अस्वीकार गरेका हुन् । 

देउवाले प्यानलमा समेट्न नसकेपछि उनी शेखर कोइरालाको प्यानलबाट लड्न खोजेका थिए । तर, मीनेन्द्र रिजालले दाबी नछाडेपछि विश्वप्रकाश प्यानलमा अटाएनन् । शर्माले महामन्त्रीमै उम्मेदवारी दिने तयारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्