
हातका दुई रेखाले तपाईंको प्रेमजीवनका बारेमा कुरा खोल्छन् भनी एलेन गोल्डबर्ग नामक हस्तरेखाविज्ञले बताएकी छन् ।

पहिलो रेखा माउन्ट अफ भेनसमा पाइन्छ । यो बुढीऔंलामुनि हातको तल्लो भागको अलिकति उठेको भाग हो । दोस्रो रेखालाई स्नेहको रेखा वा हृदयरेखा भनिन्छ र यो कान्छी औंलामुनि रहेको माउन्ट अफ मर्क्युरीमा भेटिन्छ ।
‘कहिलेकाहीँ तपाईं एउटामात्रै अत्यन्तै लामो रेखा देख्नुुहुन्छ । त्यो भयो भने तपाईं एकदमै भाग्यमानी हो । यसको अर्थ हुन्छ, तपाईंलाई जिन्दगीभरि गहिरो र साँचो माया प्राप्त हुनेछ,’ गोल्डबर्गले भनिन् । गोल्डबर्गले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।
गोल्डबर्गका अनुसार माउन्ट अफ भेनसनेर रहेको प्रभाव रेखाले तपाईंले कुन बेलामा माया र स्नेह पाउनुुहुन्छ र बिहा गर्नुहुन्छ भनी सुनिश्चित गर्न सहज हुन्छ ।
यसका लागि तपाईंले चोरीऔंला र बुढीऔंलाबीच रहेको जीवनरेखालाई चिन्नुस् । यो रेखा नाडीतिर गएको हुन्छ । हृदयरेखादेखि जीवनरेखासम्म जाने एक अदृश्य रेखा कोर्नुस् अनि कहाँ हृदयरेखा शुरू भएर र कहाँ अन्त्य हुन्छ हेर्नुस्, जीवनरेखासँग तुलना गर्दै ।
यो रेखा बुढीऔंला नजिकबाट शुरू भएमा यसले तपाईं साथी तथा परिवारको स्नेह सानैदेखि पाउनुुहुन्छ भन्ने देखाउँछ । यस्तो स्नेह रोमान्स नै हुनुपर्छ भन्ने छैन । जीवनरेखा र हृदयरेखा जति नजिक भयो, सम्बन्ध उति प्रगाढ हुन्छ ।
हस्तरेखा हेरेर मान्छेको प्रेमशैली पनि थाहा हुन्छ । माउन्ट अफ भेनस ठूलो भएको मान्छेले सजिलै प्रेम दिन्छ र पाउँछ । तर सपाट हात भएको मान्छेले प्रेम अभिव्यक्त गर्न सक्दैन । टन्न मासु भएको अनि साह्रो माउन्ट अफ भेनसले यौनमा अत्यन्त रुचि भएको संकेत दिन्छ भने फ्यास्स परेको माउन्ट अफ भेनसले यौनमा रुचि खासै नभएको संकेत दिन्छ ।
दुवै हात हेर्दा तपाईंको जुन हात बलियो छ (अर्थात्, तपाईंले लेख्ने हात) ले तपाईंको जीवन कुन दिशातर्फ जान्छ भन्ने देखाउँछ । निष्क्रिय हातले चरित्र, व्यक्तित्व र भाग्य निर्धारण गर्छ ।
यसको अर्थ हुन्छ, दाहिने हात चलाउने मान्छेको दाहिने हातले तपाईं कसलाई प्रभावित गर्न सक्नुहुन्छ भन्ने देखाउँछ अनि देब्रे हातले तपाईंलाई कसले प्रभावित गर्छ भन्ने देखाउँछ । तपाईंले दुवै हत्केला सँगै राख्दा रेखाहरू मिल्न गए भने तपाईं र तपाईंको पार्टनरले एक अर्कालाई माया र प्रभाव बराबर गर्नुहुन्छ ।
एजेन्सी