×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेसमा पौडेल समूह विभाजित, महामन्त्रीमा युवा आमनेसामने

मंसिर २६, २०७८

NTC
Premier Steels

नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।

Muktinath Bank

पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्यसमध्ये पौडेल र शशांक सभापतिको दौडबाट ब्याक हुँदै शेखर र प्रकाशमानलाई मिल्न आग्रह गरिएपनि त्यो सफल हुन सकेन । शनिबार दुबै नेताले सभापतिमा उम्मेदवारी दर्ता गराएसँगै पौडेल समूहभित्रकै समीकरण बदलिनुका साथै छिन्नभिन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेखरले प्यानलसहित उम्मेदवारी दिएका छन् भने प्रकाशमानले उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई समेटेका छन् ।
यता पौडेल भने १४ औं महाधिवेशनबाट राजनीतिक सक्रियताबाट टाढिन लागेको टिप्पणी हुन थालेको छ ।  उनले महाधिवेशनमा केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन् । उसो त पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।


Advertisment
Nabil box
Kumari

आफ्नो समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल निराश बनेका छन् । शनिबार एक विज्ञप्तिमार्फत पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग भए पनि गलत प्रवृत्तिविरुद्ध लडिरहने बताएका छन् ।
‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ,’ उनले भनेका छन्, ‘प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’

Vianet communication

उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको बताए । काँग्रेसमा पौडेल समूहमा आएको विभाजनसम्बन्धी समाचारसहित लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ ।

थप समाचार
नेपाली काँग्रेसको महाधिवेशनमा युवा नेताहरु महामन्त्री पदमा आमनेसामने भएका छन् । नेताहरु प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा एकापसमा भिड्न लागेका हुन् । थापा शेखर प्यानल, शर्मा प्रकाशमान प्यानल र प्रदीप देउवा प्यानलबाट महामन्त्रीको दौडमा रहेका छन् । काँग्रेस निर्वाचनमा महामन्त्री पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा २ जनामात्रै निर्वाचित हुनेछन् ।
००००
यसैगरी काँग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो । जसमा देउवा र शेखरको पूर्ण प्यानल रहेको छ ।
००००
शनिबार भएको मनोनयन दर्तामा कांग्रेसमा १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेका छ ।
जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्  भने दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै  दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुनेछ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको आइतबार भएको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे ।  अध्यक्ष दाहालले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।’ प्रदेश सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीले क्रान्तिकारी धार छाडेर राजावादीसँगको साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् ।
ओली कम्युनिस्ट धारबाट स्खलित भएको उनले बताए । नेकपा एकीकृत समाजवादी रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए ।
००००
एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
००००
पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ नमूना परीक्षणमध्ये १९४ पीसीआर र ४२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप ३०७ जना संक्रमणमुक्त भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x