०३ असार २०८३, बुधबार

रासायनिक मल खरिदका लागि साढे १३ अर्ब रुपैयाँ माग

मंसिर २६, २०७८
रासायनिक मल खरिदका लागि साढे १३ अर्ब रुपैयाँ माग

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ। सरकारले आव २०७८÷७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ। त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको हो ।
 कृषि  मन्त्रालयका  प्रवक्ता  डा. कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरेको बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्