०९ साउन २०८३, शनिबार

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

मंसिर २६, २०७८
मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।

संस्थापन पक्षका नेता विश्वकर्माले प्यानल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका दिए ।

उनको उम्मेदवारी फिर्ता भएको पुष्टि कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

उम्मेदवारी फिर्ताका लागि ११ बजेसम्मको समय छुट्ट्याइएकोमा डेढ घण्टा थप भएको छ ।

हालसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्