
नेपाली कांग्रेसका १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जीत हासिल गर्ने दाबी गरेका छन् ।
संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका शेखरले अनुपम फूडल्यान्डमा आइतवार बिहान कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याउने दाबी गरेका हुन् ।
उनले बीपीले परिकल्पना गरेजस्तो र सुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी निर्माण गर्न आफ्नो टीम सक्षम रहेको दाबी गरे ।
पार्टीलाई रूपान्तरण गर्न आफ्नो टीम सक्षम रहेकाले पनि आफूहरूको जीत सुनिश्चित रहेको उनको दाबी छ ।
शेखरले ऊर्जा र अनुभवसहितको आफ्नो टीम कार्यकर्ताले चाहेजस्तो पार्टी बनाउन सक्षम रहेकाको भन्दै मतदानका लागि अपिल समेत गरे ।