१५ असार २०८३, सोमबार
कांग्रेस महाधिवेशन

कांग्रेस प्रतिनिधिको लञ्च : जिरा राइस, चिकेन करीदेखि फिस फ्राइसम्म [फोटोफिचर]

मंसिर २६, २०७८
कांग्रेस प्रतिनिधिको लञ्च : जिरा राइस, चिकेन करीदेखि फिस फ्राइसम्म [फोटोफिचर]

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिलाई जिरा राइसदेखि मटन करीसम्म खान दिइएको छ ।

​कांग्रेससँगको सम्झौताअनुसार अनुपम फूडल्यान्डले लञ्च/डिनर दुवैमा ९ प्रकारका डिस उपलब्ध गराएको छ ।

लञ्चमा जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही उपलब्ध छ ।

डिनरमा भने जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज फ्राइ, दाल पञ्चरत्न, साग, सलाद, मिक्स असार र दहीको मेनु राखिएको छ । 

बिहानमा चना, उसिनेको अण्डा, ब्रेड जाम, चिया र कफी ब्रेकफास्टका रूपमा उपलब्ध गराइएको छ ।

​प्रत्येक बिहान र बेलुकाको खानामा अचार र डेजर्ट फरक–फरक खुवाउने मेनु रहेको अनुपम फूडल्यान्डका सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । 

अचारमा मिक्स अचार, आँपको अचार, मेथी अचार र हट पिकल खुवाउन लागिएको छ भने डेजर्टमा दही, फ्रुट एन्ड कर्ड र स्वीट योगर्ट मेनुमा रहेको पौडेलले जानकारी दिए ।

हेर्नुहोस्, फोटोफिचर :

salt training

कमेन्ट गर्नुहोस्