
नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत आइतवार ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना सभापति, एक सहमहामन्त्री र ५८ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
शेखर कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सहमहामन्त्रीमा देउवा प्यानलबाट बागी उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिने समय थप गरिएको छ । साढे १२ बजेसम्म मात्रै रहेको उम्मेदवारी फिर्ताको समय १ बजेसम्म बढाइएको छ ।