साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ ।
समाचार तयार गर्दै गर्दा नेप्से परिसूचक ५८.६३ अंकले घट्दै २३९१.३४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १०.३६ अंकले घट्दै ४५४.८७ विन्दुमा झरेको छ ।
समाचार तयार पार्दै गर्दा कुल २ सय २० कम्पनीको शेयर १ अर्ब ६३ करोड ६३ लाख ७८ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।