०६ साउन २०८३, बुधबार
निधिले देउवालाई नसघाउने

निधिको उद्घोष– पहिलो चरणमा नतिजा आउन्न, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी

मंसिर २६, २०७८
निधिको उद्घोष– पहिलो चरणमा नतिजा आउन्न, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी
फाइल फोटो

नेपाली कांग्रेसको भावी सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिका लागि दोस्रो चरणमा हुने निर्वाचनमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुने उद्घोष गरेका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतवार पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा नतिजा नआउने र दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला, प्रकाशमान सिंह र आफू मिलेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् । 

कांग्रेस विधानमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने व्यवस्था छ ।

'पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत ल्याउने देखिन्न । दोस्रो चरणमा देउवाइतरका हामीहरू सबै एक हुन्छौं,' निधिले भने ।

कांग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा चिनिएका निधि अहिले देउवासँग विद्रोह गरेर सभापतिको दौडमा छन् ।

कांग्रेस सभापतिमा देउवा, शेखर, प्रकाशमान, विमलेन्द्र र कल्याण गुरुङ गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।

देउवा र कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

कोइराला संस्थापनइतरको आधिकारिक उम्मेदवार भएकाले चुनाव दोस्रो चरणमा गएको खण्डमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्