नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट खुल्लातर्फ केन्द्रीय सदस्यका उम्मेदवार बनेका सुवास कुमार पोखरेलले आफ्नो प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।
पोखरेल डा. शेखर कोइराला–गगन थापा प्यानलबाट केन्द्रीय सदस्यका उम्मेदवार छन् ।
२०५३ सालदेखि महाधिवेशन र महासमिति प्रतिनिधी रहेका पोखरेल नेपाली कांग्रेस खोटाङको पार्टी सभापति बनेर कुशलतापूर्वक कार्यकाल सम्हालेका छन् ।
पोखरेल २०६४ सालमा खोटाङ १ बाट उम्मेदवार बनेका थिए । २०७४ सालमा उनी प्रदेशसभाको उम्मेदवार बनेका थिए ।

शेखर प्यानलबाट खुल्लातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका पोखरेल स्थानीय माझ लोकप्रिय युवा नेता हुन् । उनले खोटाङमा एक समाजसेवीको पनि परिचय बनाएका छन् ।
नेपाली कांग्रेसलाई मुलुकका समस्या समाधान गर्न सक्ने पार्टी बनाउने लक्षसहित उम्मेदवारी दिएको उनले बताएका छन् ।