२४ असार २०८३, बुधबार

युक्रेन तनावले युरोपमा त्रास, पुटिनको मनमा के चलिरहेको छ ?

मंसिर २६, २०७८
युक्रेन तनावले युरोपमा त्रास, पुटिनको मनमा के चलिरहेको छ ?

रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ र यस तनावका कारण पश्चिमी मुलुकहरू चिन्तित छन् । 

यो तनाव चर्किएमा युद्धको स्थिति आएमा यसले युरोपलाई डढाउन सक्ने पश्चिमको चिन्ता हो । युद्ध भएमा दोस्रो विश्वयुद्धभन्दा खराब स्थिति आउनेछ । 

पश्चिमी मुलुकहरूको गुप्तचर संस्थाहरूले युक्रेन सीमानजिक रुसले एक लाख सैनिक तथा ट्यांक र तोप तैनाथ गरेको अनुमान गरेका छन् । जनवरी महिनाको अन्त्यसम्ममा यिनीहरूको संख्या १.७५ लाखसम्म पुग्ने अमेरिकाको विश्वास छ । 

युक्रेनमाथि रुसको कुनै पनि आक्रमणको गम्भीर आर्थिक परिणाम आउने चेतावनी अमेरिका र उसका नेटो सहयोगीहरूले लगातार दिइरहेका छन् । 

कतिपय विश्लेषकहरूले रुसले दबाबको रणनीतिअन्तर्गत सैनिक तैनाथी गरेको बताएका छन् । युक्रेनलाई पश्चिमी देशहरूको सुरक्षा सैगठन नेटोको सदस्य नबन्नका लागि दबाब दिन रुसले खोजिरहेको छ । 

युक्रेन नेटोको सदस्य बनेमा नेटोले रुसको सीमानजिक हतियार राख्न पाउँछ । तर नेटोले रुसलाई कुनै जोखिम नरहेको बताएको छ । 

युक्रृनका रक्षामन्त्री ओलेक्सी रेजनिकोभले शुक्रवार सांसदहरूलाई क्राइमियामा ९४ हजार ३०० रुसी सैनिक रहेको र जनवरीमा त्यसभन्दा बढी संख्यामा सैनिकहरू तैनाथ गरिनसक्ने बताए । 

रुसले आफ्नो क्षेत्रमा जवान तैनाथ गर्दा कसैको टाउको नदुख्नुपर्ने बताएको छ । 

युक्रेनले सन् २०१५ को शान्ति सम्झौता पालन नगरेको र पश्चिमी मुलुकहरूले युक्रेनलाई यसको पालना गराउन सफलता नपाएको रुसको आरोप छ । 

यस सम्झौतामार्फत रुसले कूटनीतिक जीत हासिल गरेको थियो र उसले युक्रेनलाई विद्रोहीहरूको गढ रहेको क्षेत्रलाई स्वायत्तता दिलाउन र आममाफी दिलाउन बाध्य बनाएको थियो । तर यस सम्झौतालाई कार्यान्वयन गरिएको छैन ।

सम्झौता कार्यान्वयन रुसकाकारण नभएको आरोप युक्रेनले लगाउने गरेको छ । रुससमर्थित पृथक्तावादीहरूले युद्धविरामको उल्लंघन गरेको र पूर्वी युक्रेनमा रहेको विद्रोही गढमा रुसी सैनिकहरूको उपस्थिति रहेको युक्रेनले बताएको छ । 

यी आरोपप्रत्यारोपबीच रुसले युक्रेन, फ्रान्स र जर्मनीसँग बैठक गर्न अस्वीकार गरेको थियो र सन् २०१५ मा शान्ति सम्झौतालाई युक्रेनले नमान्नु व्यर्थ भएको बताएको छ । 

युक्रेनलाई हतियार दिएर अमेरिका र नेटो सदस्यहरूले सहायता गरेको आरोप लगाउँदै रुसले संयुक्त सैन्य अभ्यास गलत भएको बताएको छ । यसरी नेटोले हतियार दिएर युक्रेनी सैनिकहरूलाई बलपूर्वक विद्रोहीहरूको इलाकालाई पुनः कब्जा गर्न प्रेरित गरेको रुसको भनाइ छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र युक्रेनका मानिसको एउटै पुर्खा भएको बताउँदै सोभियतकालमा युक्रेनले गलत तरिकाले रुसको भूमि प्राप्त गरेको भन्ने गरेका छन् । 

मस्कोमा रहेको थिंकट्यांक आरआईएसीमा आबद्ध आन्द्रेई कोर्तुनोफले भने, ‘युक्रेनको सीमा नजिक सैनय गतिविधिहरू आक्रामक देखिएमा सैन्य कारवाही गर्न लागिएको भन्ने अर्थ लागिहाल्दैन । युक्रेनलाई उट्पट्याङ काम नगर्नका लागि पुटिनले चेतावनी दिन खोजेका हुन् । डोनबासलाई पुनः नियन्त्रणमा लिने कोशिश गर्नु बेकार भएको सन्देश पुटिनले दिन खोजेका हुन् । 

युक्रेनमा नेटोको अत्याधुनिक हातहतियार पुग्न नहुने सन्देश रुसले पश्चिमी मुलुकहरूलाई दिन खोजेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्