
एल.जी.आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ (एआई डीडी) मोटर भएको वासिङ मेसिनको माग दोब्बरले बृद्धि भएको छ ।
एआई डीडी मोटर भएको वासिङ मेसिनको माग दोब्बरले बृद्धि भएको कम्पनीले दावी गरेको हो ।
यस वासिङ मेसिनमा एआई डीडी जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउछ ।
एआई डीडी वासिङ मेसिनले बीग डाटा वीथ डीप लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।
यस वासिङ मेसिनमा स्टिम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउने कम्पनीको भनाइ छ ।
टर्बो वास ३६० डिग्री र ४ हाइ स्पीड स्प्रे नोज्जल वीथ इन्भरटर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्ने कम्पनीको भनाइ छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदत ले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ । यस वासिङ मेसिनमा १० वर्षको वारेण्टी रहेको छ । यसै गरी एल.जी. को फ्रन्टलोड वासिङ मेसिनले आफुलाई सर्वाधिक विक्री हुने वासिङ मेसिन ब्राण्डमा स्थापना गरेको छ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जि. इम्पेक्स प्रा.ली. रहेको छ ।