
नेकपा ( माओवादी केन्द्र ) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् ।
यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल , विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ।
शनिबार काठमाडौंमा उद्घाटन भई आइतबार रातिसम्म चलेको वन्द सत्रमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले गरेका थिए । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए।
दुई दिन चलेको सम्मेलनको वन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको थियोे। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउंदो पुष ११-१३ मा काठमाडौंमा हुँदैछ।