०३ असार २०८३, बुधबार

जीपप्रेमीले स्थापना गरे ‘जीप क्लब नेपाल’

मंसिर २७, २०७८
जीपप्रेमीले स्थापना गरे ‘जीप क्लब नेपाल’

नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जीप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जीपप्रेमीहरुले ‘जीप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् । 

काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जीप क्लब नेपालको स्थापना गरेका हुन् । जीपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् ।

‘जीप एसयुभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जीप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने । 

त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत् सुदिप देवकोटाले जीप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताए । ‘जीप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,’ उनले भने । 

नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सिईओ अनिश लामिछानेले जीप क्लबले नेपाली बजारमा जीपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए । ‘हामीलाई विश्वास छ जीप क्लबले हाम्रा ग्राहकलाई जीपको लेजेन्डरी क्यापाबिलिटीबारे बुझाउन मद्दत गर्नेछ र कस्टमर इन्गेजमेन्टलाई बृहत बनाउनेछ,’ जिपर्स मिटिङमा उनले भने । 

अन्तर्राष्ट्रिय स्तरमा जीप क्लबहरुको सुरुवात जीपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो ।

दोस्रो विश्वयुद्धमा प्रयोग भएका जीपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जीपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जीप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जीप क्लबहरु संचालनमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्