
चीनका राष्ट्रपति सी चिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बुधवार भिडियो लिंकमार्फत वार्ता हुने भएको छ ।
चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले सोमवार यसको जानकारी दिएकी हुन् ।
अमेरिकाले चीन र रुस दुवैलाई चिढ्याइरहेको बेलामा दुई राष्ट्रपतिबीच कुराकानीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।