१९ असार २०८३, शुक्रबार

मुकुन्द घिमिरेले जग्गेबाटै सार्वजनिक गरे बिहेको फोटो

मंसिर २७, २०७८
मुकुन्द घिमिरेले जग्गेबाटै सार्वजनिक गरे बिहेको फोटो

कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले विवाह गरेका छन् । 

घिमिरेले सोमवार इन्दिरा संग्रौलासँग लगनगाँठो कसेका हुन् । 

उनले विवाह मण्डपबाटै आफ्नो बिहेको तस्वीर शेयर गरेका हुन् । 

उनले गत मंसिर ११ गते इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका थिए । 

२०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै हिँड्थे । त्यहाँ त्यस्ता गतिविधि गर्न रोक लगाइएपछि अहिले भने सामाजिक सञ्जालमा सक्रिय छन् । त्यहाँ आफ्ना विचारहरू राख्ने गर्छन् । 

धेरैले उनको बिहेका बारेमा चासो राख्ने गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्