०४ साउन २०८३, सोमबार

३० वर्ष काटेपछि स्वास्थ्यका लागि खान थाल्नुस् यी खानेकुरा

मंसिर २७, २०७८
३० वर्ष काटेपछि स्वास्थ्यका लागि खान थाल्नुस् यी खानेकुरा

उमेरले ३० काटेपछि शरीर कमजोर हुन थाल्छ । यस उमेरसम्म आइपुग्दा शरीरमा अनेकौं किसिमका परिवर्तन आउन थाल्छन् । ती परिवर्तन शारीरिक र हर्मोनल दुवै हुन सक्छन् । 

यस्तो बेलामा स्वास्थ्य कायम राख्नका लागि विशेष खानेकुराहरू खानुपर्छ । यहाँ हामी त्यसको चर्चा गर्नेछौं । 

सुन्तला

एन्टी अक्सिडेन्टले भरिएको सुन्तलाले इम्युनिटी बढाउने काम गर्छ । यसले तौल घटाउन र मुटुको रोगबाट बचाउन पनि सहायता गर्छ । 

बुर्काउली

बुर्काउली भिटामिनको भण्डार हो । यसले हाड बलियो बनाउन सहायता गर्छ । अनि रोगसँग लड्नका लागि यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । 

लसुन

लसुनले हानिकारक ब्याक्टेरियाहरू मार्न सहायता गर्छ । यसले पेटका कीरालाई हटाउँछ र पाचनक्रियालाई चुस्तदुरुस्त राख्छ । 

काजु किसमिस

काजु, किसमिस, पेस्ता र बदाम जस्ता ड्राई फ्रुटहरूले तौल नियन्त्रणमा राख्न सहायता गर्छन् । यसले मुटुलाई पनि स्वस्थ राख्छ । 

मह

महको उपयोग पाँच हजार वर्षदेखि औषधिका रूपमा गरिँदै आएको छ । महमा भएका एन्टीसेप्टिक, एन्टीअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण अनेकौं समस्याको प्राकृतिक उपचार हो । 

चियाको बिउ

चियाको बिउमा फाइबर, ओमेगा–३ फ्याट्टी एसिड र म्याग्नेसियम भरपूर हुन्छ । यसको सेवनले भोकलाई नियन्त्रित गर्छ । तौल घटाउन अनि जोर्नीको समस्या हटाउन पनि यो लाभदायक हुन्छ ।

कमेन्ट गर्नुहोस्