०८ साउन २०८३, शुक्रबार

सभापति मैले जित्छु, मलाई थाहा छ– शेरबहादुर देउवा

मंसिर २७, २०७८
सभापति मैले जित्छु, मलाई थाहा छ– शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सभापतिमा पुनः आफू विजयी हुने दाबी गरेका छन् । 

कांग्रेस महाधिवेशनको मतदानस्थल भृकुटीपण्डपमा सोमवार अपराह्न लोकान्तरले सोधेको प्रश्नमा देउवाले आफू विजयी हुने बताएका हुन् । 

‘तपाईंलाई मलाई भन्दा बढी थाहा छ, मैले जित्छु मलाई थाहा छ नि !’ देउवाले भने । पहिलो चरणमै नतिजा आउने देउवाले बताए ।

नयाँ नेतृत्व चयनका लागि बिहान साढे ११ देखि मतदान जारी छ । साँझ ४ बजेसम्म झण्डै १४ समयले मतदान गरिसकेका छन् । 

सभापतिका अन्य प्रत्यासी डा. शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि सभापतिमा आफू विजयी हुने दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्