२४ असार २०८३, बुधबार

भारतले गर्‍यो सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण

मंसिर २७, २०७८
भारतले गर्‍यो सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण

भारतले सोमवार उडिसाको बालासोर तटमा लामो दूरीको सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । 

टोर्पिडोबाट गरिएको यो प्रक्षेपणले भारतको एन्टी सबमरिन वारफेयर क्षमता बढाएको बताइएको छ । यस स्मार्ट सिस्टममा टोर्पिडोका साथ क्षेप्यास्त्र पनि हुन्छ । 

स्मार्ट एक प्रकारको एन्टी शिप मिसाइल हो जसमा कम तौल भएको टोर्पिडो लगाइन्छ । यसको उपयोग पेलोड जस्तो गरी गरिन्छ । यस टोर्पिडोको सहायताले पनडुब्बीलाई ध्वस्त पार्न सकिन्छ । 

यसको रेन्जका विषयमा सही अनुमान गरिएको छैन । तर यसले भारतीय जलसेनालाई समुद्रमा शक्तिशाली बनाएको बताइएको छ । 

भारतसँग वरुणास्त्र नामक एक एन्टी सबमरिन टोर्पिडो पहिलेदेखि नै थियो । त्यसले जीपीएसको सहायताले पनडुब्बीलाई तारो बनाउन सक्छ । स्मार्ट वरुणास्त्रभन्दा हलुका छ । 

salt training

कमेन्ट गर्नुहोस्