
दाङमा कोइला खानीमा च्यापिँदा १ जनाको मृत्यु भएको छ ।
सोमवार घोराही उपमहानगरपालिका–१ दाङ्जामा रहेको पशुपति कोइला खानी उद्योगमा काम गर्ने घोराही–१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।