०८ असार २०८३, सोमबार

कांग्रेस चुनावमा मतदानको समय थप, साढे १० बजेसम्म मतदाता कुर्दै निर्वाचन समिति

मंसिर २७, २०७८
कांग्रेस चुनावमा मतदानको समय थप, साढे १० बजेसम्म मतदाता कुर्दै निर्वाचन समिति
फाइल फोटो

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानको समय राति साढे १० बजेसम्म थपिएको छ ।

राष्ट्रिय सभागृह मतदानस्थलमा मतदाता लगभग सकिएका छन् भने भृकुटीमण्डल मतदानस्थलमा मतदान जारी रहेको छ ।

राष्ट्रियसभा गृहमा निर्वाचन समितिको तर्फबाट राति साढे १० बजेसम्म मतदातालाई कुर्ने घोषणा गरिएको छ ।

यसअघि समितिले ९ बजेसम्म मतदानको समय थपेको थियो । बिहान ८ बजेदेखि मतदान शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्