१२ असार २०८३, शुक्रबार

कांग्रेस निर्वाचन : मतगणनाको प्रक्रिया शुरू, सुरक्षाका लागि सिसिटिभी जडान

मंसिर २८, २०७८
कांग्रेस निर्वाचन : मतगणनाको प्रक्रिया शुरू, सुरक्षाका लागि सिसिटिभी जडान

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणनाको प्रक्रिया शुरू भएको छ ।

राति १ बजेदेखि मतगणना प्रक्रिया शुरू गरिएको र अबको केही बेरमा नै मतगणना  शुरू गरिने निर्वाचन समितिले जनाएको छ ।

मतगणनाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको हो ।

सोमवार बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला गरी शुरू भएको थियो । मतपत्र अभावमा बीचमा पनि मतदान प्रभावित भएको थियो ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे ।

salt training

कमेन्ट गर्नुहोस्