
नेपाली कांग्रेसको मतगणना केही बेरमा शुरू गर्ने तयारी भएको छ ।
मतगणनाका लागि मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीहरूले मतपेटिकाको सुरक्षा गरिरहेका छन् ।
निर्वाचन समितिले अबको केही समयपछि सभापतिको मतगणना गर्ने तयारी गरेको जानकारी दिएको छ ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे ।
भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।