०८ साउन २०८३, शुक्रबार
कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन

कांग्रेस महाधिवेशन– दोस्रो चरणमा देउवालाई सघाउने प्रकाशमानको निर्णय

मंसिर २८, २०७८
कांग्रेस महाधिवेशन– दोस्रो चरणमा देउवालाई सघाउने प्रकाशमानको निर्णय
तस्वीर : युपी लामिछाने

नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा हुने निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

प्रकाशमानको निवास चाक्सीबारीमा भएको भेटमा प्रकाशमानले देउवालाई सघाउने सहमति गरेका हुन् ।

आफूहरूले नेतृत्व परिवर्तनको कुरा गरे पनि देशभरका महाधिवेशन प्रतिनिधिहरूको मत देउवाको पक्षमा रहेको पाइएकाले उनलाई सघाउने निर्णय भएको सिंहले बताए ।

देउवाले कमी कमजोरीलाई सुधारेर अघि बढ्ने वचन दिएको उनले बताए ।

सभापति चयनका लागि दोस्रो चरणको मतदान मंगलवार साढे ३ बजेदेखि शुरू हुने कार्यक्रम छ ।

पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।

मतदानको अवधि साढे ७ बजेसम्मका लागि तोकिएको छ ।

पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १७०२ मत प्राप्त गरे ।

प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत प्राप्त गरे । सभापतिका पाँचौं प्रत्यासी कल्याण गुरुङले भने २२ मत मात्रै प्राप्त गरे ।

अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए ।

सभापतिको मतगणना गरेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्