
कांग्रेस महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी एकताका लागि दोस्रो चरणको निर्वाचनमा जान नहुने बताएका छन् ।
लोकान्तरसँग कुरा गर्दै महतले अन्य तीन सभापतिका उम्मेदवारको समेत शेरबहादुर देउवालाई समर्थन भएकाले दोस्रो चरणको निर्वाचन जान आवश्यक नरहेको बताएका हुन् ।
‘अभिमतको हिसाबले थोरै मतले मात्रै देउवाको ५१ प्रतिशत नपुगेको हो,’ उनले भने, ‘अन्य तीन उम्मेदवारको समर्थन भइसकेपछि पार्टी एकताको सन्देश दिने हो भने शेखरजीले दोस्रो चरणको निर्वाचनमा जान आवश्यक रहेन ।’
महत देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार हुन् ।
सभापति चयनका लागि दाेस्रो चरणको मतदान साढे ३ बजेबाट हुँदैछ ।